बानेश्वरबाट २ लाख नगदसहित ८ जुवाडे पक्राउ

 

असार १९, काठमाडौं । काठमाडौंको बानेश्वरबाट २ लाख नगदसहित ८ जुवाडे पक्राउ परेका छन् । 

विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त, बानेश्वरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–३१ स्थित जयराम ठकुरीको घरमा जुवा खेलिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुको साथबाट १ लाख ९९ हजार ५ सय रुपैयाँ बरामद गरेको छ । 

null

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + twenty =