गर्मीमा नरिवलको पानी पिउँदा स्वास्थ्य र सौन्दर्यमा चमत्कार
असार २५ । काँचो नरिवल पानी खाने प्रचलन हाम्रो देशमा बिस्तारै बढ्दै गईरहेको छ । नरिबलको पानी नेपालमा फलफूल पसलहरुमा कहि कतै देख्न थालिएको छ । पोषक तत्वले भरिपूर्ण काँचो नरिवलको पानी स्वाद, स्वास्थ र सौन्दर्यको दृष्टिकोणले एकदमै गुणकारी छ ।
यसलाई छालाको सौन्दर्यका लागि यो निकै उपयोगी मानिन्छ । शरीरमा पानीको कमी हुन नदिन तथा छालाको सौन्दर्यतालाई कायम राख्न नरिवलको पानी पिउनु अति आवश्यक छ । नरिबलको पानी पिउँदा स्वास्थ्य र सौन्दर्यमा मा के–के फाईदा हुन्छ तल बताईएको छ ।
null
– नरिवलको पानीले रक्त सञ्चार प्रक्रियामा पनि सुधार ल्याउँछ । यसले रक्तचापको स्तर कम गर्नुको साथै मुटु र मुटुसम्बन्धी रोगको खतरा पनि कम गर्छ ।
– नरिबलको पानीमा एन्टी ब्याक्टेरियल गुण हुन्छ जसले शरीरको रोग प्रतिरोधी क्षमतालाई बढाउँछ ।
– पोषक तत्व र भिटामिन जस्ता रिबोफाल्विन, नियासिन, थियामिन, पैंटोथेनिक एसिड, कोलाइन र फोलेट्सको कारण यसमा एन्टी (वायरल र एन्टी) ब्याक्टीरियल गुण हुन्छ, जसले शरीरको प्रतिरक्षा प्रणाली मजबूत बनाउँछ ।
– चिकित्सकहरु महिलालाई गर्भावस्थामा नरिवलको पानी पिउन सल्लाह दिन्छन् किनभने यसले कब्जियत, शरीरको जलन, पाचनतन्त्रको गडबडीलाई भगाउन मद्दत गर्छ ।
– यदि तपाई आफ्नो तौल कम गर्न चाहनु हुन्छ भने आफ्नो आहारमा नरिवलको पानी पनि समावेश गर्नुहोस् । जसले तपाईलाई स्लिम बनाउँन मदत गर्दछ ।
– प्रशस्त मात्रामा नरिबलको पानी पिउनाले हाम्रो शरिरको छालामा चम्किलो भई सौन्दर्यमा निखार ल्याई दिन्छ ।