पाडी पाउँदा चेपाङ दंग

 

असार २१, चितवन । चितवनको राप्ती नगरपालिकाका चेपाङ समुदायलाई भैसीको पाडी वितरण गरिएको छ । उनीहरुको आयआर्जनका लागि बीउ पुँजीको रुपमा राप्ती नगरपालिका पशु सेवा शाखाले पाडी वितरण गरेको हो । 

अतिविपन्न चेपाङ,जनजाति, दलित समुदायबाट छनौट गरी पहिलो चरणमा १० परिवारलाई प्रति परिवार एक एक वटा पाडी वितरण गरिएको पशु सेवा शाखा प्रमुख शैलेन्द्र भण्डारीले जानकारी दिए । राप्ती वडा नम्वर १२ का १० परिवारलाई पाडी वितरण गरिएको हो । 

null

राप्ती नगरपालिका उपप्रमुख इमानसिंह लामा, प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांई, वडाध्यक्षहरुको उपस्थितीमा पाडी वितरण गरिएको थियो । पाडी वितरण गर्दै नगर उप-प्रमुख इमानसिंह लामाले पछाडी परेका समुदायको उत्थानका लागि पाडी वितरण गरिएको उल्लेख गर्दै आर्थिक विकासका लागि जागरुक हुन आग्रह गरे । 

पाडी व्याउने भएपछि पुरस्कारको रुपमा ५ हजार रुपैया समेत प्रदान गरिने उपप्रमुख लामाले वताए । राप्ती १२ का जीत वहादुर प्रजा, धर्मलाल प्रजा, धन वहादुर प्रजा, सुवास प्रजा, मोतीलाल प्रजा, कृष्णराम प्रजा, टेक वहादुर जिम्वा, चन्द्र वहादुर तामाङ, मनोज तामाङ र सन्तमाया तामाङलाई पाडी प्रदान गरिएको हो । 

पशु सेवा शाखा प्रमुख शैलेन्द्र भण्डारीका अनुसार ति पाडीहरुको नगरपालिकाले बीमा गरिदिएको छ । गोठ निर्माण किसानले गर्नु पर्ने, ५ वेत सम्म वेच्न नपाईने, पेवाको रुपमा दिन नपाईने नगरपालिका र किसानबीच सम्झौता समेत भएको छ । 

पाडी प्राप्त गरेपछि धनवहादुर प्रजाले आयआर्जनका लागि नगरपालिकाले गरेको सहयोग प्रति खुसी व्यक्त गर्दै सही सदुपयोग गर्ने वताए । राप्तीकै वडा नम्वर १० मा १० जना, ११ मा १० जना, १ मा ५ जना,३ मा ५ जना,१३ मा ५ जनाको परिवारलाई क्रमस पाडी वितरण गरिने भण्डारीले वताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *