कारभित्र श्रीमानसँग झगडा गरेकी महिला कारकाे छतमाथी चढेपछी… (भिडियाे सहित)

 

साउन ७ ।  तपाईंले अहिलेसम्म थुप्रै जोडीको झगडा देख्नुभएको होला, कहिले पार्कमा, कहिले घरमा वा कहिलेकाँही बाटोमै । तर के तपाईंले कहिले सडकको बीचमा गुडिरहेको गाडीभित्र कुनै जोडीको झगडा दख्नुभएको छ ? 

घटना चीनको हो जहाँ बीच सडकमा गाडीभित्र श्रीमान् श्रीमतीको झगडा हुन्छ । झगडा यति बढ्छ कि रिसाएकी श्रीमती कारको छतमा चढ्छिन् । यस्तो दृश्य करिब चार मिनेटसम्म चल्छ । वरिपरिका मानिसहरु हेरेको हेर्यै हुन्छन् र सोसल मिडियामा सिसिटिभी भिडियो निकै भाइरल हुन्छ । 

null

यो छोटो क्लिपमा महिला आफ्ना श्रीमानसँग बहसपछि कारमाथि चढ्छिन् । श्रीमान् उनलाई बचाउन वा मनाउन बाहिर आउँदिनन् । यो तमाशा देखेर पछाडिबाट आइरहेको गाडी साइडबाट निस्कन्छन् । 

रिपोर्टका अनुसार कार चलाइरहेका बेला नै श्रीमान्–श्रीमतीबीच बहस हुन्छ । श्रीमानले श्रीमतीलाई उपेक्षा गर्छन्, तर श्रीमती यति रिसाउँछिन् कि उनी कारको छतमा चढ्छिन् । हरियो बत्ति हुञ्जेल श्रीमती यसरी नै कारमाथि बसिरहन्छिन् । 

केही बेरमा नै यो तमाशालाई स्थानीय पुलिसले देख्छन् र पुलिसले कारसहित दुबैलाई पुलिस स्टेशन बोलाउँछन् । पुलिसले लाइसेन्स बिना गाडी चलाएका कारण युवतीका श्रीमानलाई जरिवाना लगाउँछन् । यस्तै, श्रीमतीलाई चेतावनी दिएर छोडिन्छ । एजेन्सी  

भिडियाे हर्नुस् 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *