निर्मला प्रकरणको १ वर्ष : पूर्वप्रधानमन्त्री भट्टराईको मार्मिक ट्विट
२०७६ साउन १० गते

काठमाडौं, १० साउन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्मला पन्तको हत्या प्रकरण समकालीन नेपालको अत्यन्त लज्जास्पद घटना भएको बताएका छन् ।
उनले आज बिहान ट्विट गर्दै भनेका छन्,‘‘निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ वर्ष पूरा हुँदा अपराधीको अत्तोपत्तो नलाग्नु समकालीन नेपालको अत्यन्त लज्जास्पद घटना हो । झन् यस्ता घटना भइरहन्छन् भन्ने गृहमन्त्रीको भनाइ महिला अस्मिताप्रति हाम्रो राज्य–समाज कति संवेदनहीन छ प्रष्ट हुन्छ । निर्मला निम्ति न्यायको आवाज जारी राखौँ ।’’
null
२०७६ साउन १० गते
प्रतिक्रिया
सम्बन्धित








