पौडी खेल्ने क्रममा बाल–बालिकाको मृत्यु

 

असार २, बर्दिया । शनिबार बर्दियामा खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । 

बर्दिया ठाकुरबाबा नगरपालिका वडा न ६ मोतीपुरको गीठे खोला पौडी खेल्ने क्रममा डुबेर अन्दाजी आठ वर्षीय सीता गीरी र दश वर्षीय ध्रुब योगीको मृत्यु भएको हो । 

null

शनिबार करिव ५ बजेतिर नजिकैको गीठे खोलामा पौडी खेल्न गएका उनीहरु खोलामा बन्दै गरेको बाधमा डुब्न पुगेको र जमेको पानी र दलदलमा फसेर उनीहरको मृत्यु भएको हनु सक्ने वडा अध्यक्ष भवानी भुसालले जानकारी दिए । 

स्थानिय जनता आधारभुत विद्यालयमा सीता गिरी कक्षा तिन र ध्रब योगी चार कक्षामा अध्ययनरत थिए । उनीहरुको शव नेपाली सेनाको टोली र स्थानियबासीहरु मिलेर करिब ७ बजे खोलाबाट निकालेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *