ट्रकमा मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु

 

असार २५, कावासोती । मंगलबार राती नवलपरासीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक २७ वर्षे प्रहरी जवानको मृत्यु भएको छ । 

नवलपरासीको मध्यविन्दु नगरपालिका–१० मा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरी बल रुपन्देही बाहिनी नं ५ दरबन्दी भई बिओपी बोगडी रुपन्देहीमा कार्यरत सहायक प्रहरी जवान भीमराजबहादुर छहरीमगर को मृत्यु भएको हो । 

null

पाल्पा तिनाउ गाउँपालिका–१ बस्ने २७ वर्षीय मगरको लु २२ प २८९९ नंको मोटरसाइकल ना ६ ख ५२०७ नंको ट्रकमा ठोकिन्दा उक्त दुर्घटना हुन पुगेको थियो । 

दुर्घटनाबाट गम्भिर घाइतेब भएकाे मगरको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । 

हाल ट्रक संचालक र ट्रकलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *