आज कस्तो होला मौसम ?

काठमाडौं, १३ साउन । मनसुनी गतिविधि सक्रिय हुने क्रम विस्तारै कम हुँदै गएको छ । मनसुनको न्यून चापिय रेखा नेपालको तराई भु(भागभन्दा दक्षिणतिर रहेकोले मनसुन गतिविधि कमजोर हुँदा वर्षा कम हुने मौसमविद्ले बताएका छन् । सोमबार देशभर सामान्य बदली रहि देशका केहि स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अहिले सामान्य बदली भएर देशका पश्चिमि र पहाडी भू भागका केहि स्थानमा वर्षा भइरहेको छ । राति पनि देशका केहि स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *