विप्लव समूहका नेता ओली पक्राउ
२०७६ साउन १५ गते

साउन १४, रुकुम । रुकुम (पश्चिम) प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्लास्तरीय नेता पक्राउ गरेको छ ।
डोल्पाका व्यापारीहरूसँग चन्दा असुल्दै गरेको गोप्य सूचनाका आधारमा रुकुम (पश्चिम) का जिल्ला कोषाध्यक्ष कुवेर ओलीलाई पक्राउ गरिएको रुकुम (पश्चिम) का प्रमुख प्रहरी नायव उपरीक्षक सुमीत खड्काले जानकारी दिए ।
null
उनका अनुसार आठबीसकोट नगरपालिका–९ घर भएका ओलीलाई आठबीसकोट–११ को चौरबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका ओलीलाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०७६ साउन १५ गते
प्रतिक्रिया
सम्बन्धित








