काठमाडौंमा मेट्रो रेल सञ्चालनका लागि यस्तो छ तयारी

काठमाडौं, ५ साउन । सरकारले संघीय राजधानीमा मेट्रो रेल्वे निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न कम्पनी छनोट प्रक्रिया अघि बढाएको छ । 

 

सम्भाव्यता अध्ययनबाट पहिलो चरणमा बूढानीलकण्ठदेखि सातदोबाटोसम्म २२ किलोमिटर लामो रेल्वे आर्थिक रूपमा फाइदाजनक हुने प्रतिवेदन आएपछि रेल विभागले डीपीआर तयार पार्न कम्पनी छनोट प्रक्रिया थालेको हो । 

null

विभागले डीपीआर तयार पार्न इच्छुक कम्पनीहरूसित प्रस्ताव (आरएफपी) मागेको थियो । यो खबर आजको कान्तिपुरमा बलराम बानियाँले लेखेका छन् । 

विभागका महानिर्देश बलराम मिश्रका अनुसार २० कम्पनीले प्रस्ताव (आरएफपी) हालेका थिए । प्रस्तावकमध्येबाट मेट्रो रेल्वे निर्माणमा बढी अनुभव भएका ६ कम्पनी छनोट गरी विभागले उनीहरूसित डीपीआर तयार पार्न प्राविधिक र आर्थिक प्रस्ताव मागेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =