ग्रिल तोडेर फरार रहेका दुई कैदी पक्राउ

 

साउन ६, नेपालगञ्ज । असार २८ गते राति साढे ११ बजे पानी परेको समयमा शौचालयको भेन्टिलेटरको ग्रिल तोडेर भागेका तिन कैदी मध्ये दुईलाई पक्राउ गरिएको छ । 

इलाका प्रहरी कार्यालयको शौचालयको ग्रिल तोडर भागेका तिन कैदी मध्ये निर्मल थापा र उज्वल कार्की पक्राउ परेका छन् भने सिमन विक अझै फरार रहेको बाँके प्रहरीले जनाएको छ । 

null

घर फेर्दै बस्दै आईरहेका थापा र कार्की नेपालबाट भागेर भारत जाने तयारी गरी रहँदा नियन्त्रणमा लिईएको बाँके प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताए । 

पक्राउ परेका थापा र कार्की सार्वजनिक र फरार रहेका विक लागु औषधका कैदीबन्दी थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *