आज साँझ कक्षा १२ को नतिजा सार्वजनिक हुँदै

काठमाडौं, १३ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ ‘एसएलसीई’को नतिजा आज सोमबार प्रकाशन गर्ने भएको छ । बोर्डले सबै विषयको नतिजा आजै प्रकाशन गर्ने तयारी गरेको हो । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा, कक्षा १२ एसएलसिईको नतिजा साँझसम्म आइसक्ने परीक्षा बोर्डले जनाएको छ । 

नतिजा प्रकाशनका लागि सोमबार साँझ पाँच बजे बोर्ड बैठक बोलाइएको छ । प्राविधिकसहितको उपस्थितिमा आइतबार नतिजाको सुद्धता परीक्षण गरिएको थियो । परीक्षणमा गल्ती नभेटिएकाले आज नतिजा प्रकाशन गर्ने तयारी गरिएको हो । यस वर्ष चार लाखभन्दा बढी विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *