सेवाग्राहीसँग घुस लिने इन्जिनियर यादव पक्राउ

 

साउन ३ काठमाडौं । सर्लाहीमा सेवाग्राहीसँग ५० हजार घुस लिईरहेको अवस्थामा एकजना इन्जिनियर पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिकामा कार्यरत इन्जिनियर रामजी बाबु यादव रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास जनाएको छ । 

null

पक्राउ परेका यादवले गाउँपालिकाको बजेटबाट विद्युत जडान गर्ने कामको प्राविधिक मूल्याङ्कनसहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी दिन सहज गराइ दिने भन्दै सेवाग्राहीबाट घुस लिएको अख्तियारको दावी गरेको छ । 

यादवलाई सलार्हीको मलंगवा नागरपालिका १० स्थित अशोका होटलमा सेवाग्रहीसँग घुस लिईरहेको अवस्थामा अख्तियारले पक्राउ गरेको हो । 

अख्तियारका अनुसार हाल पक्राउ परेका यादवमाथी थप अनुसन्धान भईरहेको छ 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *