धरानमा नन्द–भाउजूद्वारा शिशु अपहरण

 

असार २६, धरान । धरान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १३ दिने शिशु अपहरणका आरोपमा दुई महिलालाई पक्राउ गरिएको छ । 

पक्राउ पर्नेमा धरान १५ माइती भई भारतको दिल्ली घर भएकी वर्ष २७ की लीला विक र उनकी भाउजू मीना लिम्बू (विक) रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

null

सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका १ का जितनारायण मेहता र बबिता मेहताको  छोरा अपहरण गर्ने लिला र मीनले बुधबार मध्ये राती शिशुको आमा बबिता र बबिताका भतिज रोशन मस्त निन्द्रामा भएको बेला प्रसूति वार्डबाटै १३ दिनको नवजात शिशु अपरहण गरेका प्रहरीले जानकारी दिएको छ । 

शिशु अपहरणमा परेको सूचना पाउनसाथ शिशुको खोजीमा खटिएको प्रहरी टोलीले शिशु अपहरण परेको ३ घण्टापछी शिशुलाई शकुसल उद्धार गरिएकाे इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिएका छन् । 

शिशुको अपहरण गरी भारत लैजाने तयारी गरिरहेका लिलाले प्रहरी समक्ष आफ्नो सन्तान नभएपछी शिशुलाई आफ्नो छोरा बनाउने उदेश्यले अपहरण गरेको बयान दिएकी छिन् । 

पक्राउ परेका लीला र मीनामाथी कारवाहीको लागि अघि बढाईएको र उनीहरुमाथी थप अनुसन्धान भईरहेको जानकारी दिएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *