पशुपालनमा अनुदान बढाउँदै कालिका, १७ लाखको अनुदान वितरण

 

असार २५, चितवन । चितवनको कालिका नगरपालिकाले पशुपालन व्यवसायलाई दिगो बनाउन किसानहलाई अनुदान वितरण गरेको छ । 

किसानको आय आर्जनलाई बढाउँदै पशुपालन व्यवसायलाई दिगो बनाउन गोठ सुधार,वाख्रा र वंगुरको खोर सुधार, व्याडे बोका र व्याडे रांगो तथा साँढे वितरणमा अनुदान दिएको हो । 

null

चालु आर्थिक वर्ष २०७५/७६ को पशु सेवा तर्फको स्वीकृत कार्यक्रम अनुसार १६ लाख ८५ हजार बराबरको अनुदान रकम किसानलाई वितरण गरिएको कालिका नगरपालिका पशु सेवा शाखा प्रमुख इश्वरी पौडेलले जानकारी दिए । 

बुधवार एक कार्यक्रमको आयोजना गरि कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ गोपीले अनुदान रकम वितरण गरे । गाई, भैँसी गोठ सुधार तर्फ १० जना, बाख्रा खोरसुधार तर्फ १२ जना, ब्याडे राँगो तर्फ १ जना र ब्याडे बोका खरिद र बाख्रापालन तर्फ ६ जना किसानलाई अनुदान दिइएको हो । 

गाई, भँैसी, गोठ सुधारमा प्रति किसान १ लाख, बाख्रा खोर सुधारमा प्रति किसान २० हजार, ब्याडे राँगो खरिदमा ५५ हजार र ब्याडे बोका खरिद तथा बाख्रापालन कार्यक्रम अन्र्तगत बोका खरिदमा प्रति किसान १५ हजारका दरले अनुदान वितरण गरिएको पशु सेवा शाखा प्रमुख पौडेलले बताए । 

पौडेलका अनुसार ७० प्रतिशत अनुदानमा किसानलाई अनुदान दिइएको हो । अनुदान रकम वितरण गर्दै कालिका नगरपालिकाका श्रेष्ठले किसानको आर्थिक वृद्धी विना नगर समृद्धीको आधार तय नहुने भएकाले नगरपालिकाले कृषि र पशुमा अनुदान रकम वढाउँदै लगेको बताए । नगरपालिकाको अनुदान कार्यक्रमले नगर भित्र व्यवसायिक रुपमा पशुपालन गर्ने किसानको संख्या समेत वढेको मेयर श्रेष्ठको दावी छ । 

चालु आर्थिक वर्षको पशु सेवा कार्यक्रम तर्फ गाई ,भैसी गोठ सुधारमा कालिका १ का रघुनाथ सापकोटा र देवीलाल श्रेष्ठ, कालिका २ का गणेश प्रसाद ढुंगाना र कुलप्रसाद कडेंल, कालिका ६ का खिलकुमारी घिमिरे, सम लामा, रमेश खनाल र अम्विका सापकोटालाई एक एक लाखका दरले अनुदान दिइएको हो । 

पशु फार्म प्रवद्र्धन र बाख्रापालन कार्यक्रम अन्र्तगत खोर सुधारमा कालिका ६ का सीताकुमारी दुलाल,कालिका ८ का झनक बहादुर गुरुङ, कालिका ९ का टेकबहादुर रायमाझी, दुधराज चेपाङ, भरतलाल प्रजा र विष्णुमाया रायमाझी, कालिका १० का माधव तामाङ, करबहादुर प्रजा र सन्तकुमार प्रजा, कालिका ११ का किरण प्रजा, काजी प्रजा र गमबहादुर प्रजालाई २० हजारका दरले अनुदान प्रदान गरिएको थियो । 

त्यस्तै ब्याडे राँगो खरिदमा कालिका ४ का नारायण गिरीलाई ५० हजार रुपैयाँ, बोका वितरणमा कालिका १ का सोमबहादुर लामा र शान्तिमाया लामा, कालिका ९ का ओकिल पुरी र लालवहादुर गुरुङ, कालिका ११ का गयासिं प्रजा र विष्णुलाल प्रजालाई १५ हजारका दरले अनुदान वितरण गरिएको पशु सेवा शाखा इश्वरी पौडेलले बताए । 

त्यस्तै २६ जना किसानलाई काउम्याट खरिदमा ७० प्रतिशत अनुदान वितरण गरिएको छ । कालिका नगरपालिकाले वार्षिक १० हजार लिटर भन्दा वढि दुध उत्पादन गर्ने १२ जना किसानलाई नगद २५ हजारका दरले पुरस्कृत गरिसकेको छ । 

अनुदान रकम वितरण कार्यक्रममा कालिका १ का वडाध्यक्ष लिलावहादुर गुरुङ, कालिका ६ का वडाध्यक्ष विनोद रेग्मी ,कालिका ४ का वडाध्यक्ष कृष्ण कुमार श्रेष्ठ , कालिका नगरपालिका कृषि शाखा प्रमुख शिवराज पौडेल,किसान विष्णुमाया रायमाझी ,गणेश ढुंगाना ,सुजन ढुंगाना लगायतले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *