प्रभु वेलकम सेभिङ र प्रभु स्यालरी सेभिङमा बिमा सुबिधा

 

साउन २, काठमाडौं । प्रभु बैंकले निक्षेकर्ताहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले श्रावण १ गतेदेखि प्रभु वेलकम सेभिङ र प्रभु स्यालरी सेभिङमा बचत खाताहरुमा औषधोपचार र दुर्घटना बिमा सुविधा सञ्चालनमा ल्याएको छ । 

यो सुविधाको माध्यमबाट प्रभु वेलकम सेभिङ र प्रभु स्यालरी सेभिङ खाता योजना अन्तर्गत हाल भइरहेका र भविष्यमा खोलिने खाताहरुमा निक्षेकर्ताहरुको औषधोपचार बिमा बापत रु ३,००,००० र दुर्घटना बिमा बापत रु १०,०००,००० सम्मको जोखिम बैंकले वहन गर्नेछ । बैंकले सञ्चालनमा ल्याएको यस बिमा सुबिधाले यी दुइ बचत खाता योजना अन्तर्गत खाता हुने निक्षेप ग्राहकहरुले देशका बिभिन्न अस्पतालहरुमा भर्ना भइ उपचार गर्नुपर्ने बिभिन्न १५० प्रकारका रोगहरुको उपचार पश्चात बिमा दावी गर्नसक्ने र अकल्पनिय दुर्घटना बाट हुनसक्ने मृत्यु बापतको राहत परिवारले बिमा दावी गरी लाभान्वित हुने बिश्वास बैंकले लिएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *