असुरक्षित गर्भपतन गर्दा २० वर्षिय युवतीको मृत्यु

 

साउन ५, बीरगन्ज । पर्सामामा असुरक्षित गर्भपतन गर्दा एक २० वर्षिय युवतिले ज्यान गुमाउनु परेको छ भने एक जना पक्राउ परेका छन् । 

मृत्यु हुनेमा पर्साको पोखरिया नगरपालिका–६ कि २० वर्षीया सावित्रीकुमारी शर्मा रहेको पर्सा प्रहरी जनाएको छ । 

null

पक्राउ पर्नेमा स्थानीय सिकेन्द्रप्रसाद चौहान रहेको पर्साका प्रहरी प्रवक्ता डीएसपी अनन्तराम शर्माले बताएका छन् । 

युवती गर्भवती भएपछी पक्राउ परेका चौहानले भारतको रक्सौल लगेर असुरक्षित गर्भपतन गराएको र गर्भपतन भएपछी युवतीको स्वास्थ्य अवस्था बिग्रन्दै गएपछी उनलाई उपचारको लागि वीरगञ्जस्थित  हेल्थ केयर अस्पतालमा भर्ना गरिएको प्रहरी स्रोतबाट खुल्न आएको छ । 

उनको उपचारकै क्रममा साउन ३ गते मृत्यु भएको प्रहरीले जनाएको छ । हाल उनको शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ । 

प्रहरीका अनुसार पक्राउ परेका चौहानलाई हाल कारवाहीका लागि अघी बढाई आवश्यक अनुसन्धान भईरहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *