प्रतिबन्धित लागूऔषध सहित एक पक्राउ

 

साउन ७, बरा । प्रतिबन्धित लागूऔषध सहित बारा प्रहरीले एक ५५ वर्षे व्यक्तिलाई पक्राउ गरेको छ । 

प्रहरीले महागढीमाई नगरपालिका–१० बाट बाराको कलैया उपमहानगरपालिका–२ पकडी टोल बस्ने ५५ वर्षे वीरबहादुर रामलाई लागुऔषध गाँजा सहित पक्राउ गरेको हो । 

null

पक्राउ परेका उनको साथबाट प्रहरीले २१ किलो गाँजा फेला पार्नुको साथै उनले प्रयोग गरेको ना १४ प ९०४४ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिएका छन् । 

उक्त गाँजा मोटरसाईकलको लेगार्डमामा लुकाई छिपाई ल्याएको अवस्थामा उनी पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हाल पक्राउ परेका राममाथी कारवाहीको लागि अनुसन्धान भईरहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *