आफ्नो चार सन्तान सहित एक महिला सप्तकोशीमा हाम फालिन्

 

असार २२, काठमाडौँ । शनिबार साँझ आफ्नो ४ सन्तान सहित एक महिला सप्तकोशी नदीमा हाम फालेकी छिन् ।  

सिरहा गोलबजार नगरपालिका ८ कि ३५ बर्षिय रोशना खातुन आफ्नो ४ सन्तान सहित सप्तरीको हनुमाननगर कंकालिनी १ मा पुगेर सप्तकोशी नदीको दक्षिण तर्फ हाम फालेकी हुन् 

null

उनी नदीमा हाम फालेपछी प्रहरी र स्थानियबासी मिलेर शनिबार नै रोशना र उनका ५ वर्षिय छोरा तहशिल खातुन लाई बेहोसी अवस्थामा कोशी नदीमा काम गर्ने निर्माण मजदुरले जिवितै उद्धार गरिएको छ भने उनको अन्य ३ सन्तान भने अझै बेपत्ता रहेका छन् । 

शनिबार राती नै करिब १० बजेको समयमा घटनास्थल भन्दा ५०० मिटर टाडा उनको छोरा तहशीलाई बेहोस अवस्थामा जिवितै उद्धार गरिएको थियो भने प्रहरी र स्थानियबासीको रातभरको खोजीकार्य पछी आमा रोशनालाई घटनास्थल भन्दा ३ किलो मिटरमा आईतबार बिहान ६ बजेको समयमा जिवितै उद्धार गरिएको हो । 

आमाछोरा दुबैको भारदह अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिएका छन् । 

स्थानियबासी आकाशराज भण्डारीका अनुसार घरपक्षले माईती र माईती पक्षले घर खेदेपछी उनी सप्तकोशीमा गएर हाम हालेकी हुन् । 

उनका अनुसार श्रीमान परस्त्रीसँगको सम्बन्धमा रहेको र खातुनलाई दैनिक कुटपिट गर्ने गरेको र त्यो यातना सहन नसकी माईतीको शरणमा पुगेकी रोशनालाई माईतीले पनी जर्वरजस्ती घर फर्काएका थिए । 

माईतीको शरण पाउँने आशमा माईतीमा पुगेकी खातुनलाई माइतिमा पनी बिभिन्न गालि गलौज भएपछी उनी तनावमा थिईन् । माईती पक्षले घर फर्काएपछी उनी घर नगर्ई कोशीमा हाम फालेको खुल्न आएको छ । 

खातुनका १२ र सात वर्षीय छोरा तथा दुई वर्षीया छोरी अझै फेला परेका छैनन् उनीहरुको खोजीकार्य भई रहेको र नदीमा पानीको बाहव बढेकोले खोज्नमा समस्या भएको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *