शिखर इन्सुरेन्सले ३० प्रतिशत हकप्रद सेयर जारी गर्दै

 

साउन ८, काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । 

कम्पनीले साउन २८ आफ्नो १४ औं वार्षिक साधारण सभामा सो हकप्रद सेयर पारित गरी प्रवन्धपत्रमा संसोधन गर्न बोलाएको छ । 

null

कम्पनीले सो सभामा ३० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव लैजाने भएको हो । 

बीमा समितिबाट जारी भएको २०७६ निर्देशिकाअनुसार बीमक गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा अन्य कुनै बीमा कम्पनी एक आपसमा गाभ्न वा प्राप्ति गर्न समझदारी पत्रमा हस्ताक्षरण गर्ने विषय त्यस सभाको रहेको छ । 

कम्पनीको हालको चुक्ता पुँजी एक अर्ब ५ करोड रुपैयाँ छ भने हकप्रद निष्काशनपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ३७ करोड रुपैयाँ हुनेछ । 

शेयरधनी दर्ता पुस्तिका कम्पनीले साधारण सभाको लागि साउन २६ गते एक दिन बन्द गर्न लागेको कम्पनीले जनाएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *