अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ३ को मृत्यु अन्य घाइते

 

असार १९, काठमाडौँ । ११ जना यात्रु बोकेको कृष्णनगर यातायातको जिप अर्घाखाँचीमा दुर्घटना भएको छ । 

लु १ ज १३२९ नम्बरको जिप कपिलबस्तुबाट सन्धिखर्क जाँदै गर्दा अर्घाखाँचीको पर्यटकिय स्थल सुपादेउराली नजिकै दुर्घटना हुँदा ३ व्यक्तिको मृत्यु भएको छ । 

null

सन्धिखर्क जाँदै गरेको उक्त जिप सुपादेउरालीको मन्दिर र खाँचीखोला पुलकोबीचमा पल्टिएर खोलामा पुगेको प्रहरीले जानकारी दिएको छ । 

एक प्रत्यक्षदर्शीका अनुसार जिप ब्याक भएको र पल्टिएर खोलामा पुगेको हो । यस दुर्घटनामा परी घाइते भएकाहरुको उपचारको लागि बुटवल लैजादैं गरिएको प्रहरीले जानकारी दिएको छ । 

घटनास्थलमा प्रहरी पुगि सकेतापनी गाडी खोलामा पुगेकाले उद्दारकार्यमा कठीनाई भईरहेको र घटनाबारे अनुसान्धान थालिएको प्रहरीले जानकारी दिएको छ । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *