किसानकै भेषमा बाबुरामले हलो जोते

 

असार १५, काठमाडौं । आज (आइतबार) धान रोपेर देशभर असार १५ अर्थात् धान दिवस मनाइँदै छ । 

सत्तारुढ तथा विपक्षी दलका नेताहरुले पनि धान रोपेर धान दिवस मनाइरहेका छन् । 

null

समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि आफ्नो गृहजिल्ला गोरखा पुगेर धान दिवस मनाएका छन् । 

 

उनले आफ्नो पुख्र्यौली थलो पालुङछार नगरपालिका–१ र सफल मल्टिपर्पोज कृषि फार्मको आयोजनामा रोपाई गरेर राष्ट्रिय धान दिवस मनाएको ट्वीटरमा उल्लेख गरेका छन् । 

उनले किसानकै भेषमा छत्रे टोपी सर्ट र हाफ पाइन्ट लगाएर रोपाईमा सहभागी भएका बाबुरामले हलो जोत्नुका साथै धान रोपेको तस्विर सार्वजनिक गरेका छन् । 

 

 

 

 

 

 

तस्विरः बाबुराम भट्टराईकाे फेसबुकबाट 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *