बल बहादुर समाज सेवामा निरन्तर लाग्दै, निजि खर्चमा १ सय २४ थान पंखा वितरण


विराटनगर, १५ साउन । मोरङको रतुवामाई नगरपालिका–५ उल्लुघुट्टु स्थित कसेनिका समाज सेवि एवम् शिक्षा प्रेमि वल बहादुर बस्नेत समाज सेवामा अग्रसर बन्दै आएका छन् । २३ बर्ष देखि शिक्षण पेशा रहेका उनी दुइ दशकदेखी सामाजिक कार्यलाई निरन्तरता दिँदै आईरहेका हुन् ।मंगलबार उनै समाजसेवी बस्नेतले रतुवामाई नगरपालिका–६ स्थित सौँठा बजारमा एक कार्यक्रमका बिच उनले ससस्त्र प्रहरी वेश क्याप सौठा र सो नगरपालिकाका आधा दर्जन सामुदायीक विद्यालयलाई १ सय २४ थान सिलिङ पंखा हस्तान्तरण गरेका छन् । स्थानीय सहयात्री युवा समाजले आयोजना गरेको सो कार्यक्रममा रतुवामाई नगरपालिकाका मेयर रवीन राई, वडा नं ६ का वडाध्यक्ष तुलाराम लुईँटेल लगायतले बस्नेतद्धारा सहयोग गरिएको पंखा हस्तान्तरण गरेका छन् ।सो अवसरमा मेयर राइले गरेको सहयोग प्रति आभार प्रकट गरे । कार्यक्रममा बस्नेतले आफुले सहयोग गर्न पाउँदा खुशि लागेको बताउँदै आगामी दिनमा पनि आफु निरन्तर यसरी नै समाजसेवामा लागि पर्ने बताए ।यस अघि उनले मोरङकै कटहरी गाउँपालिकाका अतिनै अतिविपन्न मोहन बहादुर कार्की का छोरा हस्त बहादुरको शिक्षाका लागि आर्थिक सहयोग गरेका थिए । समाजसेवी बस्नेतले केही महिना अघि मात्र रतुवामाई नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत गरिव विपन्न परिवारका बालबालिकाहरुलाई विद्यालय पोसाक वितण गरेका थिए ।
