१२ वर्षपछी ३ अभियुक्त पक्राउ

 

असार २०, बुटवल । कपिल बस्तु घटनाका फरार रहेको ३ अभियुक्तलाई १२ वर्षपछी प्रहरीले पक्राउ गरेको छ । 

कपिलवस्तुको चन्द्रौटा क्षेत्रमा १४ जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका संलग्न ३ दोषी चन्द्रौटा विसनपुरका भदइ यादव, जगदीश गुप्ता र चिन्कु मुसलमानलाई पक्राउ गरिएको कपिलवस्तु प्रहरी प्रमुख, प्रहरी उपरीक्षक दीपकशमशेर जबराले बताएका छन् । 

null

प्रहरी उपरीक्षक जबराका अनुसार दुई दिन अघीमात्रै फरार रहेका उनीहरुलाई चन्द्रौटा बजारबा पक्राउ गरिएको हो । 

१२ वर्षअघि कपिलवस्तुको साविक साविक विसनपुर ६ कुदरभेटवाका मुस्लिम अगुवा मोइद खाँको अज्ञात समूहले गोली हानी हत्या गरेपछि बिसनपुर, चन्द्रौटा, कृष्णनगर लगायतका क्षेत्रमा फैलिएको साम्प्रदायिक हिंसामा १४ जनाले ज्यान गुमाएको थियो । 

खाँको हत्यापछि मुस्लिम र हिन्दु समुदाय विभाजित भएर भड्केको हिंसामा एक हजार ५४ घर र २१६ सवारीसाधनमा आगजनी र तोडफोड भइ करोडौंको क्षति भएको थियो । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *