११० राउन्ड गोलीसहित विप्लव समूहका कार्यकर्ता पक्राउ

 

असार १९, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक कार्यकर्ता संखुवासभाबाट पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा विप्लव नेकपाका जिल्लास्तरीय कार्यकर्ता निम दोर्जे तामाङ रहेका छन् । प्रहरीले उनको साथबाट अत्याधुनिक हतियार एसएलआर एक थान, ११० राउन्ड गोली, एसएलआर र एलएमजीको एक–एक म्यागजिन बरामद गरेको छ । 

null

पक्राउ परेका तामाङबाट पार्टीका दस्तावेजलगायत अन्य सामग्रीसमेत बरामद भएको बताइएको छ । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *