बेपत्ता बालिकाको शव गाडेको अवस्थामा फेला

बैतडी, ९ साउन । बैतडीमा असार १८ गतेदेखि हराइरहेकी ८ वर्षीया बालिका कल्पना भुल भनिने कलावती सार्कीको शव खाल्डोमा गाडेको अवस्थामा फेला परेको छ । बैतडीको दोगडाकेदार २ ढिकगाड घर भई दशरथचन्द नगरपालिका वडा नम्बर ४ बमरोडामा बुबासँगै बस्दै आएकी उनको शव बुधबार फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए । स्थानीय महिलाले बाख्रा चराउने क्रममा खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

 

कलावती अध्ययनरत ईश्वर आधारभूत विद्यालयको माथिपट्टी भीरको छेउमा रहेको खोल्सामा कलावतीको शव भेटिएको प्रवक्ता पातलीले बताए । ‘स्थानीय महिलाले खबर गरेपछि हामी घटनास्थलमा पुग्यौं । बालिकाको शवको केही अस्थीपञ्जर मात्रै भेटिएका छन् ।’, उनले भने ‘कसैले हत्या भएको हो कि अन्य कारणले मृत्यु भएको हो भन्ने केही खुलेको छैन । हामीले घटनाको अनुसन्धान गरिरहेका छौं ।’ 

null

शवको अस्थीपञ्जर मात्रै बाँकी रहेकाले अनुसन्धानमा समस्या भएको प्रहरीको भनाई छ । कलावतीका बुवा ५८ बर्षीय खडक सार्की मजदुरी गर्दै आएका छन् । खडकका अनुसार बालिकालाई असार १८ गते बिहान विद्यालय पुर्याएपछि बेपत्ता भएकी हुन् । बालिका बेपत्ता भएको खबर पाए लगत्तै प्रहरीले खोजतलास तीव्र बनाएपनि फेला पार्न सकेको थिएन् । आजको अन्नपूर्ण पोष्टमा भगीरथ अवस्थीले लेखेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *