ऋत गौतमको शतकसँगै नेपालले दियो सिंगापुरलाई ३२७ रनको लक्ष्य


असार २०, काठमाडौँ । मलेसियामा जारी एसीसी यू– १९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा रित गौतमको शतसँगै नेपालले सिंगापुरलाई ३ सय २७ रनको बिशाल लक्ष्य दिएको छ।
null
मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा जारी खेलमा एसिया कपको इर्टन रिजन छनोटमा सिंगापुरविरुद्ध टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनाउन सफल भएको हो ।
ऋत गौतम र पवन शरार्फले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए । पवन ४५ रनमा आउट भए । खडकबहादुर बोहोराले गौतमसँग १३१ रनको महत्वपूर्ण साझेदारी गरे । बोहोरा ९० रनमा आउट भए । विशाल विक्रम केसी १ र कप्तान रोहितकुमार पोडेल मात्र ७ रनमा आउट भए । तर कुशल मल्लले आक्रामश पारी खेल्दै अर्धशतक बनाएका थिए ।
गौतम र मल्लले पाँचौं विकेटका लागि अविजित ८२ रनको साझेदारी गरे । ऋत गौतम ११५ र कुशल मल्ल ५१ रनमा अविजित रहेका थिए ।
नेपाल र सिंगापुर दुवै सेमिफाइनलमा पुगिसकेका छन् । यस खेलमा बिजय प्राप्ती गरे नेपाल समूह एको बिजेता बन्नेछ र विजेता समूहले श्रीलंकामा सम्पन्न हुने एसिसी यू १९ एसिया कपमा सहभागिता जनाउन पाउँनेछन् ।
