गुल्मीमा पहिरोले लियो एकै गाउँका ८ जनाको ज्यान

काठमाडौं, १२ साउन । गुल्मीको सत्यवती गाउँपालिका ४ लिम्घा भीरकुनामा माथिपट्टि जंगल छ । फेदीमा बस्तीसहितको खेती गर्ने जग्गाजमिन छ । जमिन नै प्रमुख आयस्रोत भएको भीरकुनामा ८१ मध्ये ७५ घर दलित छन् । ७ असार बिहानै जंगलेका फेदीबाट बग्दै गाउँ पसेको पहिरोले घर बगाएपछि ८ जनाको ज्यान गयो । 

भीरकुनामा पहिरो गएको पहिलोपल्ट भने होइन । ०१८ को पहिरोमा केही घर क्षतिग्रस्त भएका थिए । घटना दिउँसो भएकाले त्यतिबेला मानवीय क्षति हुन नपाए पनि जोखिम कायमै थियो । ०३५/३६ तिर बस्ती अन्यत्रै सार्न पञ्चायतकालीन जनप्रतिनिधिले छलफल चलाए ।पूर्वगाविस अध्यक्ष पूर्णबहादुर शाहीका अनुसार बस्ती स्थानान्तरणको प्रयासमा स्थानीय समुदायलाई नै राजी गराउन सकिएन । शाही भन्छन्, ‘धेरैको पर्याप्त बारी छ । त्यसैमा उनीहरू आश्रित भएकाले अन्यत्र गएपछि यहाँ भएजत्तिको जग्गा पाइँदैन भनेरै सर्नै मानेनन् ।’ याे खबर आज साउन १२ गते प्रकाशित नेपाल साप्ताहिकमा घनश्याम गाैतमले लेखेका हुन् ।त्यसको परिणमा अहिले एकै गाउँबाट ८ जना महिला र बालबालिकाले ज्यान गुमाए । सत्यवतीकै वडा ३ ठूलो लुम्पेकको सिङ्दीमा पनि पहिरोमा परेर पाँच जनाले ज्यान गुमाए । सिङ्दी गाउँमा २६ परिवारको बसोबास छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *