आज खण्डग्रास चन्द्रग्रहणः के गर्ने के नगर्ने ? कुन राशिलाई कस्तो प्रभाव ?

 

असार ३१, काठमाडौं । वि.सं २०७६ आषाढ शुक्ल पूर्णिमा तिथि अर्थात् असार ३१ गते मंगलबारका दिन तदनुसार जुलाई १६ तारिखको राती १७ तारिखको बिहान खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । 

यो खण्डग्रास चन्द्रग्रहण नेपाल, भारत लगायत एशिया, अफ्रिका, अमेरिका, अस्ट्रेलिया, अफगानिस्तान, युक्रेन, टर्की, इरान, इराक, साउदी अरब, पाकिस्तान, अट्लान्टिक, हिन्द महाशागर, युरोप लगायत केहि र उत्तरी अमेरिका सहित विश्वका अधिकांश ठाउँबाट देख्न सकिनेछ । 

null

खगोल विज्ञान तथा ज्योतिष शास्त्रका विद्यार्थीका लागि भने यो दिन अझ विशेष मान्न सकिन्छ । गुरु पुर्णिमाको दिन रहेको ग्रहणका दिनमा शनि ग्रह पृथ्वीको नजिक रहेर सुर्य चन्द्र पृथ्वी सँगै लगभग एकै रेखामा रहनेछन् भने आकाशमा शनि र चन्द्रमाको अति मनोहर दृष्यको अवलोकन गर्न पनि सकिनेछ । 

सूतक समयः 

दिउँसो ४ बजेर ४६ मिनेटदेखि बालक, बृद्ध, रोगी तथा गर्भवती महिलाहरू बाहेक अरूलाई भोजन निषेध गरिएको छ । 

स्पर्श–रातको १ः४६ बजे मध्य–राती ३ः१५ बजे मोक्ष्य–राती ४ः४५ बजे ग्रहण अवधी–२ घण्टा ५९ मिनेट 

ग्रहणको समयमा के गर्ने ? 

शास्त्र अनुसार ग्रहणको समयमा गङ्गा स्नान, ध्यान, जप, दान, भक्ति आदि गर्नु शुभ मानिन्छ । यसको वैज्ञानिक आधार खोज्ने हो भने पनि चन्द्रमा ले मनका तरंगलाई प्रभावित गरेको हुन्छ र यो समयमा चन्द्रमा प्रभावित व्यक्तिहरुको मनमा डर, शंका आदि उत्पन्न हुने गर्छ । यदि ध्यान, जप आदि गने हो भने मनमा आउने नकारात्मक भावनालाई न्यूनीकरण गर्छ र ध्यान एकीकृत भई सम्भावित मानसिक समस्यालाई कम गरिदिन्छ । 

कुनै पनि गुप्त विद्या सिद्ध गर्न ग्रहणको समयलाई महत्वपूर्ण मान्ने गरिन्छ । यसका साथै ग्रहको बिज मन्त्र, तान्त्रिक मन्त्र जप गर्नु पनि शुभ मानिन्छ । यसको वैज्ञानिक कारणहरु पनि रोचक रहेका छन्। चन्द्रमाको कुनै पनि उर्जा पृथ्वीसम्म सजिलै आउन नसकेको अवस्थामा वायुमण्डलमा हुने कस्मिक रेडियसनका सुक्ष्म पदार्थहरुबिचको आणविक एवं रासायनिक प्रक्रियामा पनि प्रभाव गर्ने गर्छ जसको कारण ग्रहण प्रभावित क्षेत्रमा एक छुट्टै प्रकारको उर्जा विकसित भइरहेको हुन्छ । यसले हाम्रो मनको चेतन तरङ्गहरुलाई हलचल ल्याउने काम गर्छ र नियन्त्रण भन्दा बाहिर जाने सम्भावना रहन्छ । 

यस्ता मन्त्रहरु पढ्दा, मन्त्रको फ़्रेक्युइन्सिले मनको तरंगलाई चेतन अवस्थामा जागृत गराइदिन्छ र एकाग्रता बढ्नुको साथै स्मरण शक्ति पनि बढ्ने गर्छ । ज्योतिष शास्त्रको अन्वेषण एवं अवलोकन अनुसार चन्द्रमाले मानव मष्तिस्कमा सिधा प्रभाव पारेको हुन्छ त्यसैले चन्द्रमा शिघ्र गति जस्तै मानिसको मानसिक अवस्था पनि परिवर्तन भैरहेको हुन्छ । 

चन्द्रमा केमद्रुम अथवा कमजोर अवस्था रहँदा जन्मिनेहरुमा खासगरी पूर्णिमा एवं अमावश्यको दिनमा असामान्य मानिसक स्थिति देखा पर्छ । एक ज्योतिषीय अनुसन्धान अनुसार पनि मनोरोगी एवं मानसिक बिरामीहरु अस्पतालमा पूर्णिमा तथा औँशीका दिनमा अन्य दिनको तुलनामा बढी भेटियो भने ग्रहण एवं औँशी पुर्णिमाकै आसपासका दिनहरुमा आत्माहत्या गर्नेहरुको संख्या पनि धेरै भेटियो । त्यसैले चन्द्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मानव मनमा भने प्रभाव पारेको हुन्छ । 

पढ्दा, साहित्य रचना गर्दा, संगीत सिक्दा पनि राम्रो मान्ने गरिन्छ । यसको प्रमुख लक्ष्य भनेकै ध्यान एकीकृत गर्नु र कल्पना शक्ति वृद्धि गर्नु हो । हाम्रो अवचेतन मनमा रहेको अथाह कुराहरु सक्रिय रहन पनि सहज रहन्छ । 

ग्रहणको समयमा के नगर्ने ? 

सुत्नु हुँदैन 

हाम्रो शरीरमा पनि सम्पूर्ण उर्जाहरु प्रबाह भइरहेको हुन्छ भने खासगरि इलेक्ट्रो म्याग्नेटिक इनर्जीले नै मानसिक अवस्थालाई सन्तुलन गरेको हुन्छ । ग्रहणको समयमा पोलारिटिमा पनि सामान्य परिवर्तन हुने गर्छ र सुत्दा पृथ्वीको चुम्बकीय ध्रुब र हाम्रो शरीरको चुम्बकीय ध्रुव विच असन्तुलन हुन गई ईन्सोमेनिया, डिप्रेसन, नशा रोग, कमजोर स्मरण शक्ति जस्ता प्रभावहरु देखिन सक्छन्। 

खुल्ला दिशापिसाब गर्नु हुँदैन 

ग्रहणको समयमा हानिकारक विकिरण पनि आउने गर्छन्। अन्य समयमा भन्दा बढी कस्मिक इनर्जी एवं पृथ्वीमा रहेका radioactive substance हरु पनि सक्रिय रहने हुदा खुल्ला ठाउमा दिशा पिसाब गर्दा, हानिकारक विकिरणको प्रभावले छालामा समस्या, tumour, गुप्त रोग जस्ता संक्रमित रोग आदीले समात्न सक्छ । 

ग्रहणको समयमा हाम्रो घरमा विकिरण तथा नकारात्मक उर्जा घरभित्र प्रवेश हुने भएकाले ग्रहणकालमा पकाएर खानेकुरा राख्नुहुँदैन र दुध दहि जस्ता फाल्न नमिल्ने खाध्य चिजहरुमा भने बहिर भाडामा गाईको गोबर राख्न सकिन्छ भन्ने प्रचलन रहेको छ र यसका साथै घरको मुख्य द्वारमा या अन्य खानेकुराको नजिक पनि शुद्ध गाईको गोबर राख्नाले खानालाई बिगार्दैन र खान मिल्छ भन्ने छ । 

ग्रहणबाट निस्कने विकिरण तथा नकारात्मक उर्जालाई गाईको गोबरबाट उत्पन्न हुने उर्जाले बिकिरणिय एवं रासायनिक प्रतिक्रिया गरि निष्क्रिय गर्दछ र खानाहरु सुरक्षीत राख्न मद्दत पुर्याउँछ । त्यसैले पनि गाईको गोबरमा नकरात्मक विकिरणलाई रोक्ने क्षमता रहेको हुन्छ । 

मन्त्र जप गर्नाले धेरै पक्षबाट लाभ प्राप्त हुन्छ 

मन्त्र जप जसलाई आधुनिक भाषामा मन्त्र थेरापी पनि भनिन्छ । शरिरमा भएको रोगको उपचार मन्त्रबाट पनि गर्न सकिन्छ भने अन्य शारीरिक एवं मानसिक अवस्था लाई पनि सकारात्मक प्रभाव पारिरहेको हुन्छ । मन्त्र जप गर्दा एक प्रकारको कम्पन उत्पन्न हुने गर्छ जसलाई उर्जा पनि भनिन्छ । 

उर्जालाई तरङ्गले प्रभाव पार्छ । हाम्रो शरिरमा पनि विभिन्न उर्जाहरु विशेष तरङ्गको मान सहित प्रबाह भैइरहेको हुन्छ । जसरी रेडियोको frequency हामीले आफ्नो रेडियोमा ट्युन गर्दा मिल्न गैइ सम्बन्धित रेडियो बज्छ त्यसै गरि मंत्र उच्चारण गर्दा निस्कने frequency पनि सम्बन्धित अंग, रोग वा विषयसँग connect हुन गई विशेष प्रभाव पारिरहेको हुन्छ र यो ग्रहणको समयमा अझ खास मानिन्छ । 

खासगरी मिथुन, धनु, कन्या र मकर राशिको लागि दिन असामान्य, चोटपटक, मनसिक तनाव आदि हुन सक्ने रहेको छ । 

बाह्र राशिको ग्रहणफल यसप्रकार रहेको छः 

मेषः मानहानी हुने वृषः कष्ट हुने मिथुनः स्त्रीपीडा, पारिवारिक समस्याकर्कटः सुख बड्ने, संतोषमा वृद्धि सिंहः चिन्ता बढ्ने, मानसिक तनाव कन्याः व्यथा बढ्ने तुलाः श्रीस् प्राप्ति, व्यक्तित्व बिकास वृश्चिकः क्षति हुनेधनुः घात हुने मकरः खर्च बढ्ने, झमेला आदिको समस्या कुम्भः लाभ हुने मीनः सुखदायी हुने 

-ज्योतिषी राजकुमार आचार्यको फेसबुकबाट 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *