राइटपाथ चितवनको युके र युएसए ग्राण्ड सेमिनार


असार १५, चितवन । राइटपाथ करियर काउन्सेलिङ चितवन शाखामा युके र युएसए ग्राण्ड सेमिनार सम्पन्न भएको छ । आज भएको स्टडी इन युके, युएसए ग्राण्ड सेमिनारमा चितवन आसपासका विभिन्न कलेजका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
सेमिनारमा राइटपाथ करियर काउन्सेलिङका संस्थापक प्रमुख कार्यकारी अधिकृत फिलिप डिसी, आइइसीका ग्लोवल विजनेस डेभलपमेण्टका प्रमुख विजय शेरचनले विद्यार्थीलाई युके तथा युएसएको शिक्षाका बारेमा तथा विद्यार्थीको करियरका बारेमा जानकारी दिएका थिए ।
null
सेमिनारमा विद्यार्थीहरुले उच्च शिक्षाका लागि युके तथा युएसएमा भएको ब्यवस्था, त्यहाँका कलेज तथा शिक्षा प्रणालीका बारेमा जानकारी लिएको राइटपाथ चितवन शाखाका प्रबन्धनिर्देशक सुरज पौडेलले जानकारी दिए ।
राइटपाथ करियर काउन्सेलिङले उच्च शिक्षाका लागि युके, अमेरिका, अस्ट्रेलिया, क्यानडा, युरोप जाने विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आइरहेको छ ।
