मदन पुरस्कारका लागि छानिए यी ७ कृति

२०७६ असार २६ गते

असार २५, काठमाडौं । ‘मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छानिएका छन् ।
सानु शर्माको ‘एकादेशमा’, विन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’ र कुमार नगरकोटीको ‘ज्ञ’ छन् । त्यस्तै, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ पुरस्कारका लागि छनोटमा परेका हुन् ।
null
मदन पुरस्कार गुठीको ‘श्रेष्ठ सूची’ तयार गर्न गठित समितिले प्राप्त २५७ कृतिबाट विभिन्न ७ कृति पुरस्कारका लागि छनोट गरेको हो । यी सात कृतिमध्ये एकलाई ‘मदन पुरस्कार–२०७५’ बाट गुठीले पुरस्कृत गर्नेछ ।

२०७६ असार २६ गते
प्रतिक्रिया
सम्बन्धित