सावधान दैनिकी फलफूलको जुस पिउँदा क्यान्सरको खतरा


असार २७ । दिनदिनै सोडा पिउँदा तपाईंको तौल बढ्छ अनि क्यान्सरको पनि खतरा हुन्छ । तर सोडा जस्तै गरी फलफूलको जुस पनि दिनदिनै पिउँदा क्यान्सरको खतरा हुने एक नयाँ अध्ययनले देखाएको छ ।
ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित एक अध्ययनलाई मान्ने हो भने गुलियो नभएको फलफूलको जुस दिनको १०० मिलिलिटर पिउँदा पनि क्यान्सरको खतरा १८ प्रतिशतले बढ्छ । अनि दिनदिनै सोडा पिउँदा स्तनमा ट्युमर हुने खतरा २२ प्रतिशतले बढ्छ ।
null
फ्रान्समा पोषण र स्वास्थ्यबीचको सम्बन्धमा गरिएको अध्ययनमा अनुसन्धानकर्ताहरूले फलफूलको गुलियो जुस र क्यान्सरबीचको कनेक्सन पत्ता लगाएका हुन् । प्याकेटमा बन्द गरिएको फलफूलको जुसलाई स्वास्थ्यवर्धक भन्दै संसारभरि प्रचार गरिने भए पनि वास्तवमा यो स्वास्थ्यका लागि हानिकारक छ ।
अनुसन्धानकर्ताहरूले ९७ पेयपदार्थ र १२ वटा कृत्रिम रूपमा गुलियो बनाइएका पेयपदार्थको जाँच गरे । तिनमा कार्बोनेटेड ड्रिंक्स, स्पोर्ट्स ड्रिंक्स, सिरप र प्योर फ्रुट जुस थिए ।
पूर्णतया शुद्ध भनिने फलफूलको जुस पनि ठिक्क मात्रामा कहिलेकाहीँ मात्र पिउनसपर्छ भनी अनुसन्धानकर्ताहरूले लेखेका छन् । सन् २००९ बाट शुरू गरिएको यस अध्ययनमा एक लाख मानिसलाई संलग्न गरिएको थियो । एजेन्सी
