उच्च रक्तचाप नियन्त्रण गर्ने केही घरेलु उपाय

 

असार २३ । दिनानु बढदै गईरहेको उच्च रक्तचापका राेगीका कारण आजभोली उच्च रक्तचाप हुनु भनेको एउटा सामान्य रोग जस्तो भईसकेको छ । 

धेरै मानिस यो रोगले चिन्तामा छन् र यस रोगका कारणले धेरै मानिसले  अकालमै आफ्नो ज्यान पनि गुमाई सकेका छन् । बिशेषगरी हामीले आफ्नो खानपानमा ध्यान नदिंदा उच्च रक्तचाप हुने गर्दछ । तर यस्ता केही घरेलु उपायहरु छन् जसले उच्च रक्तचाप नियन्त्रण गर्न सघाउँछ । ती घरेलु उपाय के–के हुन् तल दिर्ईएको छ । 

null

प्याज: प्याजमा रहेको एन्टिअक्सिडेन्ट फ्लुबेनल, क्यासिन आदिले ब्लडप्रेसरलाई सन्तुलित राख्न मद्दत गर्छ । 

लसुन: लसुनमा पाइने एक रसायनले हाइपरटेन्सन घटाउँछ । लसुनको यो गुणबारे आयुर्वेदमा पनि वर्णन गरिएको छ । 

दालचिनी: दालचिनीमा धेरै औषधीय गुण हुन्छ । यसको सेवनले मधुमेहसँगै उच्च रक्तचापजस्ता रोग पनि नियन्त्रण हुन्छ । 

अलैँची: एक अनुसन्धानअनुसार उच्च रक्तचापका बिरामीले करिब तीन महिनासम्म नियमित रूपमा अलैँची सेवन गरेमा रोग ठीक हुन्छ । 

जैतुन: युरोपका मेडिटेरियन क्षेत्रमा जैतुनको तेल बढी प्रयोग गरिन्छ । जैतुनले उच्च रक्तचाप निको पारेकाले नै यसको प्रयोग गरिएको हो । 

बदाम: बदाममा पाइने मोनोस्याचुरेटेड फ्याटले रगतमा कोलेस्ट्रोल लेभल कम गर्छ । साथै, धमनीलाई सफा गर्छ । यसले गर्दा रक्तचाप घट्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fourteen =