अछाममा ट्याक्टर दुर्घटना : तीनको मृत्युु, ४ जना घाइते
२०७६ असार ११ गते

अछाम, ११ असार । चौरपाटी गाउँपालिका–२ मुलिगाउँमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्युु भएको छ । भने, ४ जना घाइते भएका छन् । से १ त १८३९ को बालुवा ल्याउन सेती नदीतिर गइरहेको रित्तो ट्याक्टर बुधबार बिहान पौने ७ बजेतिर दुर्घटना भएको हो ।
मृतकहरुको सनाखत भएको छैन । ट्याक्टरमा विद्यार्थीहरु चढेका थिए । विद्यालय जाने बेला विद्यार्थी चढेका थिए । सडकको ढुंगामा ठोक्किएर ट्याक्टर त्यही पल्टिएको छ । तत्काल उद्दार गर्नसक्ने सम्भावना छैन ।
null
२०७६ असार ११ गते
प्रतिक्रिया
सम्बन्धित








