रोल्पाली गायिका बिरताको ‘जमिन मुनि बदाम’ सार्वजनिक (भिडियाेसहित)
२०७६ असार १२ गते

असार ११, काठमाडौं । रोल्पाली गायिका बिरता र गायक भिम रोका मगरको नयाँ लोकदोहोरी गीत ‘जमिन मुनि बदाम’ को भिडियो सार्वजनिक भएको छ ।
परिवर्तन डिजिटल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको शब्द विपिन पौडेलले लेखेका हुन् ।
null
गीतमा म्याग्देली चर्चित गायक तथा सर्जक झलक बिरही थापाको लय सिर्जना रहेको छ । संगीत पनि उनैले भरेका हुन् भने विक्रम चौहान र टिका जैसी फिचर्ड छन् ।
गायक भीम र गायिका बिरताले गीत दर्शकले रुचाउने कुरामा आशावादी रहेको बताएका छन् ।
सानैदेखि नै गीत संगीतमा बिशेष चासो राख्दै आएकी गायिका बिरता यस गीतले भोलिका दिनमा राम्रो गायिकाको रुपमा स्थापित गर्ने कुरामा ढुक्क भएको बताउँछिन् ।
बैदेशिक रोजगारको सिलसिलामा प्रवासमा रहेका गायक भिमले थुप्रै नेपाली गीतहरु बजारमा ल्याइसकेका छन् ।
२०७६ असार १२ गते
प्रतिक्रिया
सम्बन्धित








