अदालत परिसरबाटै विप्लवका ९ कार्यकर्ता पक्राउ

 

                                        रिहा हुने आदेश पाएर अदालत परिसरमा रहेका विप्लव समूहका कार्यकर्ता 

जेठ ३१, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता थुनामुक्त हुन आदेश पाएकाे ५ घण्टा नबित्दै पुनः पक्राउ परेका छन् । 

null

बिहिबार उच्च अदालत पोखराले थुनामुक्त गर्न आदेश दिएको ५ घण्टा नबित्दै प्रहरीले उनीहरुलाई पुनः नियन्त्रणमा लिएको हो । 

प्रहरीले गत शनिबार कास्कीको अन्नपूर्ण गाउँपालिका ११ उरीबाट विप्लव नेता तथा कार्यकर्ता जंगबहादुर भण्डारी, मिलन राई, काजी गुरुङ, सन्तोष परियार, प्रकाश बास्तोला, आस्था नेपाली, सुजन सापकोटा, राजन साउद र गगन परियारलाई नियन्त्रणमा लिएको थियो । 

गैरकानुनी तरिकाले पक्राउ गरेको भन्दै बन्दीका आफन्तले प्रत्यक्षीकरणको रिट हालेपछि अदालतले रिटमाथि सुनुवाई गर्दैै बिहीबार छोड्ने आदेश दिएको थियो । सोही दिन साँझ नै उनीहरुलाई प्रहरीले अदालत परिसरबाटै बाहिर निकालेर पक्राउ गरेको हो। 

उरीबाट पक्राउ परेका १८ मध्ये ९ जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक मुद्दामा म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *