आज हावाहुरीसहित वर्षाको सम्भावना, तापक्रम केही घट्ने

काठमाडौं, २ असार । एक सातायता बढेको तापक्रम सोमबारदेखि भने केही मात्रामा घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार देशको धेरैजसो पहाडी भेगमा बेलुकी पख हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभाव सुदूरपश्चिम क्षेत्रमा नपरे पनि पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने सम्भावना छ । अझै एक दुई दिनको मौसम यस्तै रहने जनाइएको छ । बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले नै पहाडी र हिमाली भेगको मौसम दिनभर आशिंकदेखि सामान्य बद्ली भई बेलुकीपख पानी पर्ने सम्भावना रहेको छ ।
null
तराइमा भने सोमबार पनि हिजोअस्ती जस्तै गर्मी हुने सम्भावना रहेको मौसमविद्ले जानकारी दिए । केही दिनदेखि बढिरहेको गर्मीका कारण तराई क्षेत्रको जनजीवन भने प्रभावित भएको छ । गर्मी बढेपछि तरार्इका धेरै ठाउँमा विद्यालय बन्द गरिएको छ ।








