मोटरसाइकल दुर्घटनामा वडाध्यक्ष मृत्यु
२०७६ असार ६ गते

असार ५, बैतडी । बुधबार बिहान बैतडीको वडा नं ४ को चक्कीबगड भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बैतडीको पुर्चौडी नगरपालिकाका नगरप्रवक्ता गौतमप्रसाद भट्ट रहेको प्रहरीले जनाएको छ ।
null
दुर्घटनाबाट सख्त घाईते भएको उनको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा बिहिबार बिहान ३ बजे मृत्यु भएको हो ।
मृतक भट्ट बैतडीको पुर्चौडी नगरपालिका–४ का वडाध्यक्ष समेत रहेको र वडा कार्यालयबाट घर फर्कने क्रममा उनले कुदाएकाे बा २ ब २५२ नंको मोटरसाइकल दुर्घटना उक्त घटना हुन पुगेको प्रहरीले जनाएको छ ।
२०७६ असार ६ गते
प्रतिक्रिया
सम्बन्धित








