काठमाडौंमा हावा हुरीसहित वर्षा, यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, २४ जेठ । बिहीबार रातिदेखि नै मौसम खराब भएको छ । शुक्रबार एकाबिहानै काठमाडौं उपत्यका र आसपासमा पनि तीव्र हावाहुरीसहित बर्षा भएको छ । यो समाचार तयार पार्दासम्म काठमाडौं र आसपासका ठाउँमा हावाहुरीसँगै वर्षा भइरहेको छ भने आकाशमा डम्म बादल मडारिरहेकै छ । 

कस्तो रहला आजको मौसममौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशैभरिको मौसममा बदली हुनेछ । देशका पूर्वी भूभागमा सामान्य बदली रहने तथा मध्य र पश्चिमी भू-भागका स्थानहरूमा आंशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुने बताइएको छ । हावाहुरी समेत चल्ने भएकाले सतर्क रहन मौसमविद्हरुले सचेत गराएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 8 =