वर्तमान सरकार सबै क्षेत्रमा हस्तक्षेप गर्दै अघि बढेकाे देउवाको आरोप

असार १४,काठमाडौँ । वर्तमान सरकार सबै क्षेत्रमा हस्तक्षेप गर्दै अघि बढेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आरोप लगाएका छन् ।
शनिबार राजधानी काठमाण्डौँमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
null
उनले कार्यक्रमको सम्बोधन गर्दै वर्तमान सरकारले कर्मचारी प्रशासनमा अनावश्यक हस्तक्षेप गर्नुको साथै प्रेस स्वतन्त्रतामा अंकुश लगाउने काम गरेको धारणा व्यक्त गरे
उनले जुनसुकै क्षेत्रमा अत्याधिक कर बढाएर जनतालाई सास्ती दिने काम सरकारले गरिरहेको बताए ।
राष्ट्र र प्रजातन्त्रका लागि सबै भन्दा ठुलो अभिव्यक्ति स्वतन्त्रता नै नियन्त्रण गरेर सरकारले लोकतन्त्रलाई कमजोर बनाउने प्रयास गरेको आरोप सभापति देउवा लगाए ।
सभापति देउवाले जनतालाई कुनै पनि प्रकारको कर नथप्ने सुनकोशी गाउँपालिकाको निर्णयको स्वागत गरेका छन् ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिका साथै भारतीय सांगीतिक कार्यक्रम सारेगमपका तेश्रो विजेता नेपाली बालक आयुष केसीलाई सम्मान गरिएको थियो ।








