एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ


असार १२, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल आज (बिहीबार) सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसईई परीक्षाको नतिजा भर्खरै सार्वजनिक गरेको हो ।
null
यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।
नतिजा नेपाल टेलिकमका ग्राहकले १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार जानकारी लिन सक्नेछन् भने टेलिकम तथा एनसेलको मोबाइल प्रयोगकर्ताले १६०० मा म्यासेज गरेर पनि नतिजाबारे जानकारी लिन सक्नेछन्।
परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट http://see.gov.np बाट पनि नतिजा हेर्न सकिनेछ ।
नेपाल टेलिकमको वेबसाइट http://see.ntc.net.np/ वेबसाइटबाट पनि हेर्न सकिन्छ ।
त्यस्तै http://www.neb.gov.np/results बाट पनि नतिजा हेर्न सकिने जानकारी दिइएकाे छ ।
बोर्डका अनुसार गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएको थियो । यस वर्ष भने प्रदेश २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा केही ढिलो प्रकाशन भएको हो ।
परीक्षामा सबैभन्दा बढी प्रदेश ३ बाट एक लाख ६ सय २ र सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६ सय २४ परीक्षार्थी सहभागी भएका थिए।
परीक्षामा देशभर १ हजार ९ सय ६९ परीक्षा केन्द्र निर्धारण गरिएको थियो।
