सरुवा गरिएको स्थानमा जान अटेर गर्ने प्रमुख अधिकृत कार्की निलम्बित


जेठ २६, रौतहट । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गौर नगरपालिकाका प्रमुख अधिकृत सुमनकुमार कार्कीलाई निलम्बन गरेको छ ।
सरुवा गरिएको स्थानमा जान अटेरी गरेका कारण मन्त्रालयले प्रशासकीय अधिकृत कार्कीलाई निलम्बन गरेको मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिए ।
null
मन्त्रालयले कार्कीलाई जेठ १ गते शैल्य शिखर नगरपालिका, दार्चुला सरुवा गरेको थियो भने सरोज कुमार लाल दासलाई गौर नगरपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत तोकेर पठाएको थियो । मन्त्रालयले उनलाई पछिल्लोपटक खटाएको कार्यालयमा तीन दिनभित्र हाजिर हुन लिखित तथा मौखिक निर्देशन समेत दिएको थियो ।
तर कार्कीले उक्त निर्णयको अवज्ञा गरी गौर नगरपालिकामै कामकाज जारी राखेपछि मन्त्रालयले निजामति सेवा ऐन, २०४९ को दफा ६४ (१) को (क) र (ख) बमोजिम दुई महिनाका लागि उनलाई निलम्बन गरेको हो ।
