दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते

चितवन , ७ असार । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा आज दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको भरतपुर अस्पतालमा तथा अन्यको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । 

 

जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट बर्दियाको गुलरियातर्फ आउँदै गरेको ना ७ ख ९०७ नं को बस र महोत्तरीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ३०९९ नं को बस आपसमा ठोक्किएका हुन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *