७ बुँदे सहमति पछि वीपी प्रतिष्ठानका इन्टर्नहरु काममा फर्किए

जेठ १९, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले इन्टर्न डाक्टरहरुमा माग संवोधन गरेको छ । प्रतिष्ठानमा कार्यरत इन्टर्नहरुले सेवा सुविधा माग गर्दै आन्दोलन गरेकोमा प्रतिष्ठान ब्यवस्थापनले ७ बुँदे सहमति गरेको छ । 

सहमति पश्चात आन्दोलनरत चिकित्सकहरुले भोलीबाटै काममा फर्कने बताएका छन् । इन्टर्नहरुलाई मासिक १५ हजार तलब हुने तर, शिक्षण अस्पताल(आइओएम) इन्टर्नको तलब सेवा बृद्दि हुँदा सोहि आधारमा प्रतिष्ठानमा पनि वृद्धि गर्ने सहमति भएको छ । 

प्रतिष्ठानले महंगी भत्ता सम्बन्धमा हाल वृद्धि गरिएको १५ हजारको ३ प्रतिशतको दरले हुने रकम मासिकरुपमा उपलब्ध गराउने सहमति भएको छ । यस्तै नाइट डिउटी गर्दा प्रतिष्ठानको नियमअनुसार खाजा उपलब्ध गराउने समेत सहमति भएको छ । यसअघि प्रतिष्ठानका इन्टर्नहरुले १२ हजार मात्र तलब सेवा पाउदै आएका थिए । 

null

 

प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले इन्टर्नहरुका समस्या समाधान गर्न प्रतिष्ठान सदैव सकारात्मक रहेको बताए । उनले आइओएमले तलब सेवा बृद्दि गर्दा प्रतिष्ठानले पनि सोहि आधारमा बृद्दि गर्ने तयारी गरेकोले इन्टर्नहरुलाई अब कुनै असहजता नहुने बताए । ‘हामी निक्कै अगाडी देखि नै इन्टर्नहरुका मागमा गम्भिर थियौं, उनीहरुले उठाएका माग जायज नै भएकोले संवोधन गरिएको हो ।’ डा. रौनियारले भने । 

उनले प्रतिष्ठानलाई सहज रुपमा सञ्चालन गर्न तथा प्रतिष्ठानको स्वास्थ्य सेवा सुधार्न आफु दत्तचित्त भएर लागेको बताए । डा. रौनियारले आफु प्रतिष्ठानलाई नयाँ उचाईमा पुर्याउन सक्रिय रहेको जनाउँदै यस कार्यमा सबैले साथ दिनुपर्ने बताए । ‘विगतका तितामिठा अनुभवले म अझ बलियो भएको छु, हामीले ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर प्रतिष्ठानका लागि काम गर्नुपर्छ, म सबैलाई सकारात्मक भएर अगाडी बढ्न आग्रह गर्छु ।’ डा. रौनियारले भने । 

सहमति पत्रमा प्रतिष्ठानका तर्फबाट अस्पताल निर्देशक प्रा.डा. गौरिशंकर शाह, शैक्षिक डीन प्रा.डा. चन्द्रभुषण झाले हस्ताक्षर गरेका छन् । इन्टर्न चिकित्सकका तर्फबाट सञ्जय बराल, भुवनराज अर्याल, हरिशंकर न्यौपाने लगायतले हस्ताक्षर गरेका छन् । यो सहमतिसँगै इन्टर्नहरुले १० दिन देखि गरेका सम्पूर्ण आन्दोलन फिर्ता लिएका छन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *