जनकपुरमा ८ वटा सिलिन्डर ग्यास विस्फोट
२०७६ असार ५ गते

जनकपुरधाम । सिलिन्डर ग्यास पड्किएर जनकपुरमा बिहीबार बिहानै आगलागी भएको छ । जनकपुरधाम उपमहानगरपालिका –२ कदमचोकको होटलमा जडान गरिएको फ्रिजमा विद्युत सर्ट भइ आगलागी सुरु भएको थियो । आगलागीमा सोही होटलमा राखिएको ८ वटा ग्यास सिलिन्डर पड्किएको थियो ।
ग्यास विस्फोट भएपछि आगलागीले ठूलो रुप लिएको हो । आगोले तीनवटा होटेल पूर्ण रुपमा जलेको छ । गोविन्द मिस्ठान्न भण्डार, सियाराम मिस्ठान्न भण्डार र सँगै रहेको एक होटेल गरी तीन भोजनालय जलेको धनुषा प्रहरीले जनाएको छ ।
null
जनकपुर, महेन्द्रनगरबाट आएको दमकलको सहयोगले तीन घण्टापछि आगलागी नियन्त्रणमा लिइएको थियो । समयमै घटनामा प्रहरी पुगेकोले मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले बताएको छ । तीन होटल जल्दा ३२ लाखको क्षति भएको प्रहरीको अनुमान छ ।
२०७६ असार ५ गते
प्रतिक्रिया
सम्बन्धित








