आतंककारीद्वारा २२ किसानको हत्या, घाइते बालबालिका शरणको खोजीमा

असार १२, नाइजेरिया । नाइजेरियामा आतंककारीले २२ किसानको हत्या गरेका छन् । 

नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतङ्ककारी समूह ‘बोको हराम’ ले सोमबार किसानहरुको एक समूहलाई आक्रमण गर्दा २२ जनाको मृत्यु भएको हो । 

दमासाक शहरबाट ५० किलोमिटर टाढा रहेको नाम्गाम गाउँमा सोमबार किसानहरुको एक समूहलाई बोको हराम लडाकूले आक्रमण गरेको सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन्। 

null

गोली लागि घाइते भएका दर्जनौं महिला र बालबालिका दमासाक शहरनजिक शरणको खोजीमा आइपुगेका छन्। 

 

मङ्गलबार नाम्गामाबाट १८ जनाको शव बरामद भएको सरकार समर्थित स्थानीय नागरिक समूहका प्रमुख उसमान बालाले बताए । 

स्थानीय बासिन्दाको सहयोगमा नै उद्धारकार्य जारी रहेको बताइएको छ । 

नाइजेरियाको उत्तरपूर्वी इलाकामा एक दशक यता बोको हराम आतङ्ककारी समूहले हिांसात्मक गतिबिधि गर्दै आएका छन्। यस द्वन्द्वमा परी हजारौं व्यक्तिको ज्यान गइसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *