एकातिर बन्दै, अर्कोतिर भत्किँदै जनकपुर जलेश्वर भिठ्ठामोड सडकखण्ड

जनकपुरधाम, २७ जेष्ठ । निर्माण नसकिँदै जनकपुर–जलेश्वर–भिठ्ठामोड सडकखण्ड भासिन थालेको छ । संसदीय अनुगमन समितिले सडक गुणस्तरहीन रहेको ठहर गरेको छ । सडकमा ठूलो भ्रष्टाचार भएको अनुगमन समितको निष्कर्ष छ । नेपाल–भारत जोड्ने व्यापारिक तथा धार्मिक सडकको आधारशिला नै कमजोर रहेको संसदीय समितिको बुझाइ छ । संघीय संसद् अन्तर्गतको विकास तथा प्रविधि समितिले सडक अनुगमन गर्न गठन गरेको उपसमितिकी संयोजक इन्दु शर्माले भनिन्, ‘नजिकै गहिरो खाल्टो खनेर हालिएको माटो वर्षाले बगाउँदा सडक भासिन थालेको छ ।’ 

तीन दिन लगाएर गरिएको स्थलगत अनुगमनपछि उनले भनिन्, ‘बाहिरबाट माटो ल्याएर सडकमा हाल्नुपर्ने थियो । तर, त्यसो गरिएन । यही अवस्थाले वर्षामा सडक भासिएर बेकामे हुन्छ ।’ सडक नजिकै खनिएको गहिरो खाल्टोमा बालबालिका डुब्ने खतरा उत्तिकै रहेको भन्दै उनले चिन्ता व्यक्त गरिन् । जनकपुरधाम–जलेश्वर–भिठ्ठामोड सकड निर्माणका लागि ९३ करोडमा दुई ठेकेदार कम्पनीले दुई प्याकेजमा ठेक्का लिएका छन् । प्रतिभा वाई पी जेभी ललितपुर र आशिष पप्पु–रोशन जेभी जनकपुरले ठेक्का लिएका हुन् । 

 

null

समय सकियो, काम अधुरैतीन वर्षमा सडक निर्माण सक्नुपर्ने समय सीमा छ । असोजमा ठेक्का सम्झौता सकिँदै छ । ५० प्रतिशत काम सकिएको प्रतिवेदन आएको छ । त्यो प्रतिवेदन कागजी मात्रै रहेको अनुगन समितिको दाबी छ । प्रतिभाले ५८.१२ र आशिषले ४८.५४ प्रतिशत काम सम्पन्न गरेको प्रगति प्रतिवेदनमा देखाइएको छ । कालोपत्रे कमसल खालको गरिरहेको समितिका सदस्य सांसद टेकबहादुर बस्नेतले बताए । ‘सडकमा टनका टन भारी लिएर १८ चक्के मालवाहक सवारीसाधन गुड्छन् । सडकमा सामान्य आटोसिल कालोपत्रे गरिँदै छ’, उनले भने, ‘उच्च श्रेणीको डीबीएसटी कालोपत्रे गर्ने ठेक्केदारसँग सम्झौता छ ।’ 

दुई दशकको सास्ती‘सडक निर्माण सुरु भएको तीन वर्ष भएको छ । काममा ढिल्लासुस्ती देखियो’, महोत्तरीको महोत्तरी गाउँपालिका–१ पर्सा अल्लीपट्टका मोहम्मद अमिताज राईनले भने, ‘धुलो उडेर हामी हैरान छौं । के काम हुन्छ, थाहै हुँदैन ।’ ‘माटो हालेर सडक अग्लो भयो । नाला बनेको छैन । वर्षामा सडकको पानी घरमा पस्छ’, उनले भने । सडक निर्माणमा लापरबाही भएको गुनासो गर्दा पनि कसैले सुनुवाइ नगरेको भन्दै पिपराका राजुकुमार महराले आक्रोश पोखे । ‘सडक बनेको छैन । भत्किन थाल्यो’, उनले भने, ‘सुरुमै अनुगन गरिएको भए आज यो अवस्था आउँदैनथ्यो ।’ 

सडक किनारमा १५ फिट गहिरो खाल्डो खनेर सडकमा माटो राखिँदा जोखिम बढेको पिपराकै रामभरोस कापरले दुखेसो पोखे । ‘सडक नजिकै ठूलो खाल्डो छ । खेत जोत्न ट्र्याक्टर जाँदैन । वर्षामा खाल्डोमा जम्ने पानीमा बालबालिका डुबेर मर्ने खतरा बढेको छ । सडक त बनाइयो तर हाम्रा लागि त्यो धरापजस्तै छ’, कापरले भने । 

कारबाही मागहुलाकी राजमार्ग निर्देशनालय जनकपुरका कर्मचारी, धनुषा र महोत्तरीका प्रहरी–प्रशासनको साँठगाँठले सडक कमजोर र मापदण्डविपरीत निर्माण भएको अनुगमन टोलीकी सदस्य सांसद मीनाक्षी झाले बताइन् । ‘गुणस्तरहीन सडक बनाउनेलाई कारबाही हुनुपर्ने । ठेक्का रद्द गरी अर्को ठेक्का लगाएर मापदण्डअनुरूप काम हुनुपर्ने माग उठेको’ उनले बताइन् । आजको अन्नपूर्ण पोष्टमा राजकरण महतो र गोविन्द महतोले लेखेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *