भण्डारा अस्पतालको नयाँ भवन बनाईदै

चितवन, २५ जेष्ठ । साविक स्वास्थ्य चौकीबाटै अस्पतालको सेवा दिदै आएको चितवनको राप्ती नगरपालिका स्थित भण्डारा अस्पतालको नयाँ भवन निर्माण तीव्र पारिएको छ । स्थानीय सरकारको रुपमा रहेको राप्ती नगरपालिका र प्रदेश सरकारको सहयोगमा अस्पताल परिसरमै भवन निर्माणको काम भईरहेको छ । अस्पतालको भुई तल्लाको काम सकिसकेको छ भने पहिलो तल्लाको काम तीव्र रुपमा भईरहेको राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाले जानकारी दिए ।उपमेयर लामाका अनुसार अबको तीन महिना भित्र भवनले पुर्णता पाउने र नयाँ भवनबाट अस्पतालको सेवा संचालन हुनेछ । भवन निर्माणका लागि स्थानीय समाजसेवी रामबहादुर सारु मगरको अध्यक्षतामा समिति बनाईएको छ । भवन निर्माणका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले रु ५० लाख विनियोजन गरेको छ । राप्ती नगरपालिकाको तर्फबाट भने अहिले सम्म ७५ लाख रुपैँया खर्च भईसकेको निर्माण समिति संयोजक सारु मगरले जानकारी दिए । 

 

निर्माणाधिन भवन राप्ती वडा नम्वर ५ को वडा कार्यालयको लागि निर्माण गरिएको थियो । त्यसैलाई डिजाईन परिवर्तन गरी अस्पतालको रुपमा विस्तार गर्न लागिएको हो । प्रदेश सरकारको निर्णय अनुसार गत वर्षको माघ १६ गते भण्डारा स्वास्थ्य चौकीलाई स्तोरोन्नती गरी १५ शैयाको अस्पताल बनाएको थियो । करिव २ महिना सम्म डाक्टर विहीन भएको सो अस्पतालमा अहिले नियुक्त भएका डाक्टर गोपाल खरेलको टिमले सेवा प्रवाह गरिरहेको छ ।पहिलो डाक्टरलाई प्रदेश सरकारले नै नियुक्त गरेको भएपनि उनी यहाँ नआएपछि राप्ती नगरपालिकाको सिफारीसमा प्रदेश सरकारबाट स्वीकृत गराई अर्का डाक्टर नियुक्त गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांईले बताए । स्टार्फ नर्सदेखी अन्य कर्मचारीहरु पनि नगरपालिकाले विज्ञापन गराई नियुक्त गरेको हुमागांईले जानकारी दिए । भण्डारा अस्पतालले अहिले साविक स्वास्थ्य चौकीको जीर्ण भवनबाटै सेवा दिदै आएको छ । अस्पताल विस्तार भएपछि पहिलेको तुलनामा विरामीको संख्या दोव्बर बढेको अस्पतालले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eleven =