गुल्मीमा ट्रयाक्टर दुर्घटना: एकको मृत्यु दुई जना घाइते

गुल्मी, २१ जेठ । गुल्मीको रेसुंगा नगरपालिका–७ लब्लिडाँडामा गएराती ट्रयाक्टर पल्टिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । गुल्मी सदरमुकाम तम्घासबाट गएराति करिब पौने १० बजे अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ त ३३९३ नम्बरको ट्रयाक्टर लब्लिडाँडा पुग्दा नियन्त्रण गुमाएर सडकबाट करिब २५० मीटर तल खसेको थियो । 

 

दुर्घटनामा मृत्यु हुनेमा गुल्मीकै मदाने गाउँपालिका ६ डौडाका २१ वर्षीय मधु नेपाली रहेका छन् । दुर्घटनामा घाइते भएका दुई जनाको रेसुंगा अस्पताल गुल्मीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *