अछाममा दुईवटा वडा कार्यालयमा आगजनी
२०७६ असार १० गते

अछाम, १० असार । अछाममा दुईवटा वडा कार्यालयमा आगजनी भएको छ । पञ्चदेवल विनायक नगरपालिका –३ को वडा कार्यालय र ढकारी गाउपालिका ५ को वडा कार्यालयमा आगजनी भएको हो ।
पञ्चदेवल विनायकमा आगजनीबाट कार्यालयमा रहेका सामाग्रीहरु जलेर नस्ट भएका छन् । वडा कार्यालयका कागजातहरु जलेर नस्ट भएको प्रहरीले बताएको छ । मंगलबार विहान २ बजेको समयमा आगजनी भएको हो ।
null
आगजनी भएको करिब १५ मिनेट भित्र स्थानियले आगो नियन्त्रणमा लिएका थिए । घटनामा प्रतिबन्धित विप्लव समुहको संलग्नता रहेको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाको कुनै पक्षले पनि जिम्मेवारी लिएको छैन ।
२०७६ असार १० गते
प्रतिक्रिया
सम्बन्धित








